सर्लाही । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेता एवं संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले आफ्नो पार्टी देश विकासका लागि वैकल्पिक पार्टी भएको बताएका छन् ।
प्रेम र सद्भावको पर्व होली तथा मुस्लिम समुदायको शबे-बारात पर्वको शुभ अवसरमा बिहीबार ब्रह्मपुरी गापाको वडा नं. १, २ र वडा नं. ७ मोहनगंजमा जनता समाजवादी पार्टी, नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
मन्त्री यादवले भने, `जसपा पार्टी जनताको जनअधिकार प्राप्ति, रक्षा, जनताको विकास र समृद्धिको लागी निर्माण भएको देशकै ठुलो वैकल्पिक पार्टी हो।´
त्यसैगरी तोकिएकै मितिमा स्थानीय तहको चुनाव हुने र त्यसका लागि तत्काल तयारीमा जुट्न स्थानीय नेता तथा कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । पार्टी एकढिका भएर चुनावमा होमिएको समेत उनले बताए ।
मलखादको समस्या अन्तर्राष्ट्रिय समस्या भएको बताउँदै रासायनिक मल आपूर्तिका लागि नेपाल सरकार र भारत सरकारवीच आगामी पाँच वर्षका लागि सरकार देखि सरकार विधिवाट मल खरिदका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको र थप प्रक्रियालाई मन्त्रालयले प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनले जनाए ।
भाइचारा, मेलमिलाप, प्रेम र सद्भावको रङ्गिन पर्व होलि तथा मुस्लिम समुदायको शबे-बारात पर्वको अवसरमा सम्पुर्ण जनसमुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक सद्भावमा कुनै प्रकारले खलल नपुग्ने गरि सौहार्द्पुर्ण वातावरणमा पर्व मनाउन वले स्थानीय जनताहरुसंग अपिल समेत गरे ।
मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता जसपा नेता सुनिल साहले गरेका थिए । भने कार्यक्रममा मधेस प्रदेशका पुर्व उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया