सैद्धान्तिकमा ई ग्रेड, प्रयोगात्मकमा शतप्रतिशत नम्बर

काठमाडौँ – एसईई परीक्षामा सामाजिक विषयमा सैद्धान्तिकतर्फ ग्रेड ‘ए’ अर्थात् ६५ अंक ल्याएकी विराटनगरकी एक छात्रालाई प्रयोगात्मकमा ‘ए प्लस’ अर्थात् २५ नम्बर दिइएको छ । सोही विषयको सैद्धान्तिक परीक्षामा ग्रेड ‘ई’ अर्थात् २० भन्दा कम अंक प्राप्त गर्ने धनकुटाका अर्का परीक्षार्थीलाई पनि प्रयोगात्मकमा २५ मा २५ नम्बर अर्थात् ‘ए प्लस’ ग्रेड दिइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

सैद्धान्तिक ७५ र प्रयोगात्मक २५ गरी १०० पूर्णाङ्कको सामाजिक विषयको परीक्षाको यो एउटा उदाहरण मात्रै हो । परीक्षा नियन्त्रण कार्यालयसँग शिक्षकहरूले परीक्षार्थीलाई हचुवाका भरमा प्रयोगात्मकमा जथाभावी नम्बर दिएका हजारौं प्रमाण छन् । प्रयोगात्मक परीक्षा भएका विषयमा लापरबाहीपूर्ण तरिकाले शिक्षकहरूले नम्बर दिएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?