काठमाडौं- अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ ।
यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । न्यूनतम ज्याला निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरमा ल्याएको छ । यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई द्दण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया