नेपालमा वाम तालमेलबारे भारतले मुख खोल्यो

काठमाडौँ, २७ असोज- भारतले नेपालका वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल भएको सम्बन्धमा भारतीय पत्रकारले राखेको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भने, ‘नेपालबारे मैले टिप्पणी गर्नु अनुचित हुन्छ।’उनले लोकतान्त्रिक र समावेशी राजनीतिको ढाँचाभित्र रही नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतको सदैव चाहना रहेको बताए ।भारतले नेपालको शान्ति, स्थिरता र तीव्र आर्थिक विकासमा नेपाली जनता र सरकारको प्राथमिकताअनुसार हरतरहले निरन्तर सहयोग गर्ने उनको भनाइ थियो, खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?