गृहमन्त्री बालकृष्ण खाँणसँग सङ्घीय लिम्बुवान पार्टी नेपालको प्रतिनिधिमण्डलले भेट गरेको छ । गृह मन्त्रालयमा भएको भेटमा गृह मन्त्रीसँग प्रतिनिधिमण्डलले विभिन्न समयमा पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्ता रिहाइ तथा लागेका मुद्दा फिर्ताका लागि अनुरोध गरेका थिए।
लिम्बुवानको प्रतिनिधिमण्डलमा पार्टी महासचिव सूर्य माखिम, उपमहासचिव विक्रम सुब्बा, पार्टीका जिल्ला इलाम अध्यक्ष शरण फागोलगायत थिए। उक्त पार्टीले यसअघि सोमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको वार्ता कमिटीसँग छ पटक सम्वाद गरेको सो अवसरमा जानकारी दिइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया