च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, चेल्सी र रियल भिड्ने

लोकपथ
0
Shares
Soccer Football – Champions League Final – Manchester City v Chelsea – Estadio do Dragao, Porto, Portugal – May 29, 2021 Chelsea players celebrate with the trophy after winning the Champions League Pool via REUTERS/Pierre-Philippe Marcou

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार साबिक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्दा भिल्लारियलले बायर्न म्युनिखको चुनौती पेस गर्नेछ । अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् ।

क्वाटरफाइनल चरणका खेलहरू ५ र ६ अप्रिलमा पहिलो लिग र१२ र १३ अप्रिलमा दोस्रो लेग हुनेछ । सेमिफाइनलको पहिलो लिग २६ र २७ अप्रिलमा तथा दोस्रो ३ र ४ मेमा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मेमा हुनेछ ।

क्वाटरफाइनल:
चेल्सीविरुद्ध रियल म्याड्रिड
म्यानचेस्टर सिटीविरुद्ध एटलेटिको म्याड्रिड
भिल्लारियलविरुद्ध बायर्न म्युनिख
बेन्फिकाविरुद्ध लिभरपुल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?