काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनय गर्ने समय तोकेको छ ।
निर्वाचन आयोगले सूचना जारी गर्दै सो कुरा जानकारी गराएको हो ।
त्यस्तै वैशाख १३ गते दर्ता भएको उम्मेदवारकोविरुद्धमा उजुरी दिने समय रहेको छ । साथै वैशाख १५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने मिति तोकिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया