काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडीमा पार्टीको १२औं पूर्ण बैठक सुरू भएको हो ।
बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्नेछ । संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागी हुने चर्चा चलिरहेको छ । यो विषयमा पार्टीभित्र थरीथरीका धारणा छन् ।

पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा छन् । त्यस्तै पार्टी प्रवक्ता प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर, अन्य नेताहरू भने तत्काल निर्वाचनमा जान नहुने अडानमा छन् । जुन विषयमा केन्द्रीय समिति बैठकले ठोस धारणा बनाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया