काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा भौतिकरुपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने बाध्यतालाई अन्त्य गर्दे ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा उपयोग गर्न, बैंकको वेबसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिंकमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाईसी विवरणहरु बिनाझन्झट अपडेट गर्न सक्नेछन् । आफ्नो केवाईसी फर्म अपडेट गर्नुअघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
यो अनलाइन सेवाको प्रयोग गरी ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोबाइल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी अद्यावधिकको निवेदन दिन सक्नेछन् ।
डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको बैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुवात गरेको छ ।
कियोस्कमार्फत प्रारम्भिकरुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्नेजस्ता सेवा बैकका कर्मचारीको सहयोगबिना नै प्राप्त गर्न सकिनेछ ।
साथसाथै यस बैंकका ग्राहकहरुको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।
जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन फोनमार्फत वा ईमेल गरी प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया