संवैधानिक आयोगमा नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दैमा’

लोकपथ
441
Shares

काठमाडौं । संवैधानिक आयोगहरुमा गरिएका नियुक्ति बदरको मागसहित परेको मुद्दा बुधबारसम्मका लागि ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष संवैधानिक परिषद् बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याई तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेका थिए । उक्त नियुक्ति बदरको मागसहित परेको रिटमा आज प्रारम्भिक बहस भएको र बुधबारसम्मका लागि ‘हेर्दाहेर्दैमा’ राखिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेललगायतले उक्त अध्यादेश संविधानको मर्मविपरीत रहेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

आज सर्वोच्चको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाई सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?