लडेर २ जनाको मृत्यु

लोकपथ
154
Shares

काठमाडौं । काठमाडौंमा होली खेल्दा आफ्नै घरको छतबाट लडेर एक जनासहित २ जनाको मृत्यु भएको छ ।

काठमाडौं, तारकेश्वर नगरपालिका-५ गोलढुङ्गास्थित होली खेली सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर सोही ठाउँ बस्ने ४३ वर्षीया जीवन कुमारी खड्काको मृत्यु भएको छ । सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । लडेर घाइते भएकी सोही ठाउँ बस्ने ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

खोटाङ, साफेला गाउँपालिका-४ बस्ने ४८ वर्षीय गोपीलाल कट्टेलको रूखबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरद्वारा उपचारका लागि शिक्षण अस्पताल महाराजगंजतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?