काठमाडौ– प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक परेको छ ।
उनकी माता नारायणीदेवी श्रेष्ठको आज निदान अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि मधुमेहलगायतका रोगबाट पीडित थिइन् ।
उनका दुई छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको काउन्सिलका प्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया