ओलीले गरेका संवैधानिक आयोगहरुका नियुक्ति बदरको मागसहित परेको रिटमा सुनुवाइ हुँदै

लोकपथ
196
Shares

काठमाडौं । संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिहरु बदरको मागसहित परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष संवैधानिक परिषद् बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याई तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेका थिए । उक्त नियुक्ति बदरको मागसहित परेको रिटमा आज सुनुवाइ हुन लागेको रिटकर्ता समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।

‘संवैधानिक आयोगहरुमा गैरकानूनी ढंगले गरिएका नियुक्तिहरु बदर गरीपाऊँ भनी गत वर्ष नै मैले सम्मानित सर्वोच्च अदालतमा दायर गरेको रिट आज संवैधानिक इजलासमा सुनवाइ हुँदै छ’, उनले भनेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीसहित अधिवक्ता ओमप्रकाश अर्याललगायतले उक्त अध्यादेश संविधानको मर्मविपरीत रहेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

आज कायमकुकायम प्रधानन्याधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासबाट सुनुवाइ हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?