माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा भट्ट

लोकपथ
0
Shares

नेकपा (माओवादी केन्द्र)को कञ्चनपुर जिल्ला इन्चार्जमा टेकेन्द्रप्रसाद भट्ट चयन भएका छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका भट्टलाई इन्चार्जको समेत जिम्मेवारी दिइएको हो ।

शुक्लाफाँटा नगरपालिका–१० झलारीका ४२ वर्षीय भट्ट यसअघि पनि पार्टीको जिल्ला अध्यक्ष रहिसकेका छन् । यसअघि उनीसंविधानसभा सदस्यसमेत निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?