प्रिक्सा एक्सिलेन्स अवार्ड घोषणा

काठमाडौं । प्रिक्सा टेक्नोलोजिजले काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एवं कम्प्युटर इन्जिनियरिङ  विभागको लागि दुई लाख १० हजार रुपियाँ बराबरको प्रिक्सा एक्सिलेन्स अवार्ड घोषणा गरेको छ । 

अध्ययनको क्रममा विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने हेतुले तीन वर्षका लागि यो पुरस्कार राशी छुट्इएको हो । 

कार्यक्रममा मार्फत विश्व विद्यालयको कम्प्युटर साइन्स एवं कम्प्युटर इन्जिजियरिङ  विभागका दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुका लागि प्रत्येक वर्ष समुहगत रुपमा तयार पारेका छुटाछुट्टै एक–एक उत्कृष्ट प्रोजेक्ट छनोट गरिने छ । 

यसरी छनोट भएका प्रजेक्टलाई प्रिक्सा एक्सिलेन्स अवार्ड प्रदान गरिने विज्ञप्ति मार्फत जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?