थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको तयारी

लोकपथ
35
Shares

काठमाडौं । एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ ।

थाइल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ । केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टोली सुखद नतिजाको लक्ष्यमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका थाइल्याण्ड भ्रमण गर्दैछ । चैत १० र चैत १३ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीले अभ्यासलाई तीव्रता दिइरहेको छ ।

मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरीले थाइल्याण्डसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि यसअघि २५ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । सोहीअनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास गर्दा तीन खेलाडी किरण चेम्जोङ, रोहित चन्द र जगजित श्रेष्ठ भने उपस्थित थिएनन् ।

वैदेशिक क्लवहरुको अनुबन्धमा रहेकाले उनीहरु उपस्थित छैनन् । तर अन्तर्राष्ट्रिय भ्रमणमा उनीहरु समावेश हुनेछन् ।

एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई भने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले बोलाएका छैनन् । मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध अप्रिल ५ मा प्रतिस्पर्धा गर्दै छ । ब्लु स्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ ।

समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ । सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरण सकिँदा अंकतालिकाको शीर्ष स्थानमा रहेपछि मच्छिन्द्रले एएफसी कप छनोटका लागि स्थान पक्का गरेको हो । जुन अखिल नेपाल फुटबल संघ (एन्फा) लिगको दौरानमा यस्तो सूचना निकालेको थियो ।

यसैबीच बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल खेलाडीले बिहीबार आपसमा रङ्ग साटेर होली मनाए । नेपाली टोलीले आगामी चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ ।

दुवै खेल चोनबुरीको मैदानमा हुँदै छन् । नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?