राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

लोकपथ
301
Shares

काठमाडौं । कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाललाई निर्वाचन आयोगले ‘तीर’ चिन्ह प्रदान गरेको छ ।

आफ्नो पार्टीको पूरानै निर्वाचन चिन्ह ‘गाई’ प्राप्त गर्नका लागि हाम्रो पार्टीले निर्वाचन आयोगको निर्णय विरुद्ध कानुनी प्रक्रियामा जाने विकल्पलाई खुला राख्दै पार्टीले स्थानीय तहको निर्वाचन नजिकिएको बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर हाललाई ‘तीर’ निर्वाचन चिन्हलाई स्वीकारेको छ ।

राप्रपा नेपालका देशभरीका संगठनहरुलाई अर्को व्यवस्था नहुञ्जेलसम्म ‘तीर’ चुनाव चिन्हलाई पार्टीका प्रचार प्रसार सामग्रीहरुमा प्रयोग गर्न तथा पार्टीको झण्डामा रहेको पहे‘लो रङको पृष्ठभूमीको मध्यभागमा रहने गरी कालो र¨मा ‘तीर’ चिन्ह प्रयोग गर्न सकिने तथ्य पनि यसै विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?