नेकपा सचिवालय बैठक : स्थायी समिति बैठकको कार्यसूची तय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ । 

प्रधानमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको सचिवालयको बैठकले बिहीबार बस्ने स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

त्यस्तै प्रधानमन्त्री ओलीको ६ दिने औपचारीक चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाही र पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिने कार्यसूची तय भएको उनले प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसैगरी सचिवालय बैठकले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह र सुझाव लिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?