डा. केसीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता जुम्ला जाँदै

काठमाडौं ।  कांग्रेस संसदीय दलको बैठकले सरकारको कडा आलोचना गरेको छ । सरकार निरंकुश ढंगले चल्न खोजेको भन्दै आज बसेको कांग्रेस संसदीय दलले सरकारको कडा आलोचना गरेको हो । 

यस्तै कांग्रेसले डा गोविन्द केसी र गंगामाया अधिकारीको आन्दोलनलाई पनि सर्मथन गरेको छ ।

जुम्लामा अनशनरत डा. गोविन्द केसीको अवलोकन गर्न नेपाली कांग्रेसले तीन सांसदलाई जुम्ला पठाउने भएको छ । 

बैठकले सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँडका अनुसार बैठकले डा. केसीको अनशनमा ऐक्यवद्धता जनाउने र उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिने दिए । 
उनीहरु बिहीबार बिहान त्यसतर्फ जानेछन् ।

यसैगरी छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा ३४औँ पटक आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पनि तीन सांसदलाई खटाएको छ । 

बुधबार दिउँसो ३ बजे गंगामायालाई भेट्न सांसदहरु पार्वती डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिना वीर अस्पताल जाने नेता खाँडले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?