सप्तरी । ८ वर्षीय बालिका जबरजस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सप्तरी जिल्लाको बोदे बसाईन नगरापलिका–९ का ५५ वर्षीय सूर्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । उनले ८ वर्षीया बालिकालाई जबरजस्तीकरण गर्न खोजेको आरोप छ ।
गत वैशाख १६ गते उनले विद्यालयको कोठामा बालिकालाई रोकि शरीर छामछुम गर्ने गोप्य अंगहरु चलाउने काम गरेको प्रहरीले बताएको छ ।
साहले बालिकाको भिडियो नै बनाएको फेला परेपछि पक्राउ गरी जबरजस्तीकरणी मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी भावेश रिमालले जानकारी दिए ।
‘हामीलाई कतैबाट भिडियो प्राप्त भएपछि दोषीको खोजी शुरु गयौं,’ रिमालले भने, ‘भिडियोमा देखिएका व्यक्ति साह नै हुन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया