१. सेटिङ गरेर चुनाव जित्न नेपाली कांग्रेस र एमाले सिपालु भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप, आगामी चुनाव माओवादीका लागि ‘लाइफ एन्ड डेथ’ भएको प्रतिक्रिया ।
२. सर्वोच्च अदालतद्वारा नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज, रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विपक्षी ।
३. आगामी स्थानीय तहको निर्वाचनमा ६५ देखि ७० प्रतिशत स्थानमा जित हासिल गर्ने नेकपा एमालेको प्रक्षेपण, सीमित ठाउँमा गठबन्धन गरे पनि देशभर एक्लै लड्ने घोषणा ।
४. भिजिट भिसामा बोलाएर अलपत्र पार्ने मानवतस्कर र दलालहरूलाई कारबाही गरी नेपाल फर्काउने श्रममन्त्री कृष्णकुमार श्रेष्ठको भनाइ, वैदेशिक रोजगारीमा जानको लागि ७ वटै प्रदेशमा प्रशिक्षण केन्द्र स्थापना गर्न उल्लेख
५. नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्ताका लागि बेच्ने मूल्य भने नबढेको निगमको भनाइ ।
६. आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको भनाइ, गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता–कार्यकर्तालाई निर्देशन ।
७. ‘विश्वविद्यालयमा हडताल नगर्न प्राध्यापकहरूलाई शिक्षामन्त्री देवेन्द्र पौडेलको आग्रह, स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको दाबी ।
८. राजनीतिलाई पैसा कमाउने थलो बनाइएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको आरोप, जनतालाई धोका दिने शासक दलका नेतालाई चुनावमा जिताउन नहुने प्रतिक्रिया ।
९. होलीमा यात्रुलाई घरमाथिबाट फोहोर पानी र लोला हाने प्रहरीले कारबाही गर्ने, होलीको समयमा भिडभाड गरेर उछृङ्खल गतिविधि हुनसक्ने भएकाले काठमाडौं उपत्यकामा एक हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गरिने ।
१०. खुट्टाको शल्यक्रिया गर्दा मृत्यु भएपछि बुटवलको तिनाउ अस्पताल तनावग्रस्त, डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तहरूद्वारा घटनाको छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग ।
११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ६ हजार १ सय ७५ परीक्षणमा थप ८२ जनामा कोरोना संक्रमण फुष्टि, २ सय १३ जना कोरोना संक्रमणमुत्त, मृतकसंख्या शून्य ।
१२. रुसी युक्रेन युद्धका कारण १० प्रतिशतले बढ्यो स्मार्टफोन र टेलिभिजिनको मूल्य, चर्चित ब्रान्ड नाइक र एप्पलले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने ।
१३. युरोपेली परिषद् त्याग्ने रुसी सरकारको घोषणा, परिषद्को इतिहासमा सदस्यता त्याग्ने रुस दोस्रो देश ।
१४. सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतको खेलमा वीरगञ्ज युनाइटेड र चर्च ब्वाइज क्लबको बराबरी, ७७औँ मिनेटको सुरुआती अग्रता जोगाउन नसक्दा चर्चले १ अंकमा चित्त बुझायो ।
१५. र, बेल्जियम ओपन जि–२ तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियम जाँदै, प्रतियोगिता चैत ५ देखि ६ गतेसम्म हुने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया