फेरि कमल थापा र पशुपतिशमशेरको पार्टीबीच एकता ?

काठमाडौँ, २७ असोज- एकीकरणको ८ महिनामै पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेका पशुपतिशमशेर राणाले कमल थापा नेतृत्वको राप्रपासँग पुनः पार्टी एकीकरण गर्ने तयारीमा जुटेको बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा राणाले दुई–चार दिनमै पार्टी एकीकरण गर्ने तयारीमा आफू रहेको बताए । ‘राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई–चार दिनमै एकता गर्ने तयारीमा हामी लागेका छौँ,’ राणाले भने, ‘त्यसका लागि दुई पार्टीका नेताबीच छलफल भइरहेको छ ।’ राप्रपा नेपाल र राप्रपाबीच ६ मंसिरमा पार्टी एकीकरण भएको थियो । त्यसको ८ महिना नबित्दै २२ साउनमा राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । राणाले पार्टी एकताको कुरा गरे पनि कमल थापा नेतृत्वको राप्रपाका नेताले भने एकीकरण भएको वर्ष दिन नपुग्दै सत्ताका लागि पार्टी फुटाउनेहरूसँग एकीकरणको सम्भावना नरहेको बताए ।राप्रपा प्रवक्ता सुशील श्रेष्ठले राप्रपा प्रजातान्त्रिकसँग एकीकरणको विषयमा छलफल पनि नभएको र एकीकरणको सम्भावना पनि नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?