काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
उच्च अदालत पाटन ललितपुरको-२०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवान, पाँच दिन कैद र विगो रकम १८ लाख रुपैयाँ ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाईएको उक्त महाशाखाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया