प्रशिक्षणमा प्रचण्डको उर्दी : ‘यो दुई महिना हामी सेना भएर निस्कनुपर्छ’

लोकपथ
140
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा आक्रामक ढंगले लाग्ने बताएका छन् ।

बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरु सबैतिरको निशानामा परेको भन्दै सेना भएर निस्किनु पर्ने टिप्पणी गरे ।

‘प्रतिक्रियावादीहरुको निशाना अहिले पनि माओवादीमाथि छ । यो दुई महिना हामी सेना भएर निस्कनुपर्छ, हामी जित्छौँ’, प्रचण्डले भने ।

त्यसैगरी २०६४ सालमा आफूहरु आक्रामक भएकाले मात्रै निर्वाचन जितेको बताउँदै रक्षात्मक भएर निर्वाचन जित्न नसक्ने उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?