काठमाडौं । नेपालमा सक्रिय संक्रमितको संख्या दिनहुँ घट्दै गइरहेको छ । संक्रमितभन्दा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ओरालो लागेको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ७४ रहेको छ । बितेको २४ घण्टमा २१३ जना संक्रमणमुक्त भएका छन् ।
सो अवधिमा ८२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा गरिएको ६ हजार १७५ परीक्षणमा ८२ संक्रमित थपिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया