काठमाडौं । गैरआवासीय नेपाली संघ विभाजित भएसँगै आफूलाई आधिकारिक देखाउन दुवै पक्षले कसरत बढाएको छ । संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेकै बेला शेष घले पक्षले पनि सोही दिनमा विश्व सम्मेलनको मिति तय गरेको छ ।
यही बीचमा कुमार पन्त नेतृत्वको संस्थापन पक्षले उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा सामानन्तर सम्मेलनको आयोजना गरेको भन्दै आक्रोश पोखेका छन् ।
प्रवक्ता डीबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइएको छ । संस्थालाई अहित हुने गतिविधिमा संलग्न भए संघको विधान बमोजिम कारवाहीको प्रकृया अघि बढाइने समेत संस्थापनले चेतावनी दिएको छ ।
एनआरएनएमा कांग्रेस र कम्युनिस्टमा कित्ताकाट हुँदै संस्था नै विभाजित बनेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया