एनएमबीको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो सेयर र सीआरएन अनलाइनबाट नै सुविधा लिन मिल्ने

लोकपथ
234
Shares

काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ ।

एनएमबी बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो ।

ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।

‘एनएमबी बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दै छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआइकनै बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन् ।

भिडियो अकाउन्ट ओपनिङका लागि डिजिटल लिङ्क यस प्रकार रहेको छः https://quick.nmbbank.com.np:8443/newapplication/capture_1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?