काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२२ रुपैयाँ २८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ५० पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४० पैसा र बिक्रीदर १६० रुपैयाँ १९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३४ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ छ पैसा रहेको छ भने बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्रीदर १० रुपैयाँ ४२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १९ पैसा र बिक्री दर १९ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ सात पैसा छ भने बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया