१४ मङ्सिर २०८०, बिहीवार

उम्मेदवार टुङ्गो लगाउँदै काँग्रेस, गगन थापाले चाहे क्षेत्र फेर्न !

२०७४,आश्विन,२७,शुक्रवार ०२:२४

0
Shares

काठमाडौँ, २७ असोज – प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको अन्तिम नामावली टुङ्गो लगाउन काँग्रेस संसदीय समितिले गृहकार्य थालेको छ ।समानुपातिक उम्मेदवारीको तीन दिन अघिसम्म पनि पार्टीका जिल्ला निकायबाट अझै उम्मेदवारी सिफारिस आउने क्रम जारी नै रहेको छ । प्राप्त जानकारीअनुसार अझै चारवटा जिल्लाबाट सिफारिस आइपुगेको छैन, गोरखापत्रमा खबर छ ।७७ जिल्लामध्ये बिहीबारसम्ममा ७३ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आए पनि धनुषा, सप्तरी, महोत्तरी र मुस्ताङबाट सिफारिस आउन बाँकी रहेको काँग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले जानकारी दिए । पार्टीको हालै बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले शुक्रबारसम्म उम्मेदवारको नामावली टुङ्गो लगाउने निर्णय गरिसकेको छ ।निर्वाचनका लागि पार्टीका अधिकांश शीर्ष नेताको नाम सिफारिस भएर आएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नाम डडेलधुरा १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम तनहुँ १ र २ बाट सिफारिस भएको छ । महामन्त्री डा शशाङ्क कोइराला नवलपरासी–१ बाट, कोषाध्यक्ष सीतादेवी यादव सिरहा–३ बाट सिफारिस हुनुभएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौँ–१ बाट, अर्का नेता कृष्णप्रसाद सिटौलाको नाम झापा–३ बाट सिफारिस भएर आएको छ । गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट सिफारिस भएका छन् भनी धनुषाले उम्मेदवारको टुङ्गो लगाइनसकेकाले नेता विमलेन्द्र निधिको नाम आइसकेको छैन ।पाका नेता कुलबहादुर गुरुङको नाम इलामबाट समानुपातिकमा सिफारिस भएको छ । त्यस्तै खुमबहादुर खड्काको नाम दाङ–१ बाट सिफारिस भए पनि कानुनी रूपमा उहाँ उम्मेदवार बन्न सक्नुहुनेछैन । चित्रलेखा यादवको नाम सिराह–२ बाट, सुर्खेत–१ बाट पूर्णबहादुर खड्काको नाम सिफारिस भएर आएको छ ।नुवाकोटमा अर्जुननरसिंह केसी र डा. रामशरण महतको नाम सिफारिस भएको छ । मोरङको क्षेत्र नम्बर २ र ४ बाट डा. मीनेन्द्र रिजाल, मोरङ–६ बाट महेश आर्चायको नाम सिफारिस भएको छ । युवानेता गगन थापा काठमाडौँ–४ बाट निर्वाचन लड्ने बताइएको छ ।यद्यपि उनले आफूलाई काठमाडौँ–३ मा टिकट दिए पनि हुने जानकारी पार्टीलाई दिएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०२:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८