१. ६० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी, गठबन्धनका दलहरू एक्लाएक्लै आए कर्याककुरुक र मिलेर आए मर्याकमुरुक पार्ने प्रतिक्रिया ।
२. एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री बालकृष्ण खाँणको आग्रह, उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख ।
३. उच्चशिक्षा सुधारको लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ, सरकारले ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने गरी काम गरिरहेको जानकारी ।
४. प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस, प्रतिपक्ष दलको निरन्तर अवरोध रहेका कारण अधिवेशन अन्त्य गर्न लागिएको भनाइ ।
५. सर्लाहीको नवलपुरमा निर्माण भएको १३२–३३ केभीको सबस्टेसन उद्घाटन, विद्युत् खपत बढाउन ऊर्जामन्त्री पम्फा भुसालको आग्रह ।
६. नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न, बैठकमा दुई देशबीचको सबै आयामहरूमा छलफल ।
७. भक्तपुरको पुरानोठिमीमा १६ वर्षीया किशोरी बलात्कृत, २८ वर्षीय युवक पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै ।
. कोरोना संक्रमणदर घटेसँगै मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, काठमाडौं उपत्यकामा एकैदिन ७८ जनामाथि कारबाही, ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ७ सयभन्दा बढी चालकहरू कारबाहीमा ।
९. नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाइ, हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरूले उम्मेदवारी पाउने गरेको प्रति कटाक्ष ।
१०. मंगलबारदेखि सवारीचालक अनुमतिपत्र लाइसेन्सको नयाँ आवेदन लिन नपाइने, फारम भर्ने सेवाग्राही ५ लाख ७२ हजार नाघेपछि लाइसेन्सको नयाँ आवेदन लिन बन्द गरिएको यातायात व्यवस्था विभागको भनाइ ।
११. देशभर गरिएको ७ हजार ८ सय ८४ परीक्षणमा थप ८३ जनामा कोरोना संक्रमण फुष्टि, एक सय ३० जना कोरोना संक्रमणमुत्त, मृतकसंख्या शून्य।
१२. चीनमा एकैदिन ५ हजार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, दुई वर्षयताकै धेरै कोरोना संक्रमित थपिएसँगै ३ करोड मानिस लकडाउनमा ।
१३. युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाको दाबी, हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते ।
१४. सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गतको फुटबल खेलमा आरसीटीको दोस्रो जित, श्री भगवती क्लब ३–० गोल अन्तरले पराजित ।
१५. र, च्याम्पियन्स लिगअन्तर्गतको फुटबल खेलमा आज म्यान्चेस्टर युनाइटेड र एथलेटिको मड्रिड भिड्दै, घरेलु मैदानको सदुपयोग गर्दै जितको खोजीमा युनाइटेड ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया