काठमाडौं । रङ्गहरुको पर्व होलीको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा साङ्गीतिक कार्यक्रम हुने भएको छ ।
सो क्रममा नेपालका चर्चित कलाकारहरुले प्रस्तुति दिने भएका छन् । उक्त कार्यक्रममा काठमाडौं महागनरपालिकाबाट आगामी स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार बन्न लागेका बोलेन शाहले समेत प्रस्तुति दिन लागेको आयोजकले जनाएको छ ।
एएमए इभेन्टस् का डाइरेक्टर सञ्जय लामाका अनुसार शाहसहित भिटेन, मिस्टर डी, सरकार र माइलालगायतले साङ्गीतिक प्रस्तुति दिन लागेका हुन् ।
प्रत्येक वर्षहरुमा भृकुटीमण्डपमा ए एम ए इभेन्टस् ले विभिन्न कार्यक्रमहरु गर्दै आए पनि कोरोनाको कारण विगत २ वर्षदेखि रोकिएको लामाले बताए । उक्त इभेन्टस्ले विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
कार्यक्रम चैत ३ गते बिहीबार बिहान १० बजे बाट ५ बजेसम्म हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया