‘कम्पेनियन्स’को रिमेक बनाउँदै आमिर

लोकपथ
247
Shares

काठमाडौं । बलिउड अभिनेता आमिर खानको फिल्म दर्शकका लागि प्रतिक्षाको विषय बनेको हुन्छ । आमिर आफ्नो फिल्ममा विशेष सन्देश दिन्छन्, जुन सन्देश परिवारका साथ बसेर हेर्न मिल्ने खालको हुन्छ । उनले सोमबार आफ्नो ५७ औं जन्मदिन मनाए ।

जन्मदिनमा उनले पत्रकारमाझ आफू नयाँ फिल्मको तयारी गरिरहेको जनाउ दिए । केही समयअघिमात्र आमीर ‘शुभ मंगल सावधान’ निर्देशक आरएस प्रसन्नाका साथ फिल्म ‘स्लाइस अफ लाइफ’ फिल्मको तयारी गरिरहेको खबर बाहिर आएको थियो ।

यो स्पेनिस फिल्म ‘कम्पेनियन्स’को रिमेक हुनेछ । फिल्मलाई सोनी इण्डियाले निर्माण गर्ने तयारी भइरहेको चर्चा पनि चलेको थियो । जन्मदिनमा आमीरलाई ‘कम्पेनियन्स’को रिमेककाबारेमा प्रश्न गरेका थिए । उनले आफू फिल्मको योजनामा रहेको र योजना पूरा भएपछि आफैंले घोषणा गर्ने बताएका थिए ।

‘मैले अहिलेसम्म फिल्मको घोषणा गरेको छैन । तपाईहरुलाई यसको बारेमा कसरी थाहा भयो ? अहिले यो फिल्म योजना चरणमा छ । जब यसको योजना पूरा हुन्छ, त्यही बेला म आफैं घोषणा गर्नेछु । यो फिल्मकाबारेमा अहिले नै कुरा गर्नु हतारमात्र हुनेछ’, आमीरले भनेका छन् ।

फिल्म ‘कम्पेनियन्स’को कथा एक पियक्कड कोचको वरपर घुम्छ । जो दिमागी रुपमा असक्षम खेलाडीलाई प्रशिक्षण दिन्छ । यो टिमले विश्वभर नै कयौं ट्रफी जितेर आफ्नो नाम कमाउँछ । फिल्ममा आमीर कोचको भूमिकामा हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?