काठमाडौं । सेनापति राजेन्द्र क्षत्री छिमेकी राष्ट्र चीन र म्यानमार (बर्मा) को औपचारिक भ्रमणका लागि आज रंगुन प्रस्थान गरेका छन् ।
नेपाल सरकारको निर्णय बमोजिम सेनापति क्षत्री चीन र म्यानमार भ्रमणमा गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
चार दिने म्यानमार भ्रमणपछि क्षत्री जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने छन् ।
सेनापति क्षत्रीको बलाधिकृतरथी एवं कामु प्रधानसेनापति पूर्णचन्द्र थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।
म्यानमार भ्रमणका क्रममा क्षत्रीले म्यानमारका राष्ट्रपति वीन माइन्ट, प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र म्यानमार सेनाका प्रमुख मीङ युङ हलिङसंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
म्यानमारमा बसोवास गर्दै आएका प्रवासी नेपाली समुदायसंग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
चीन भ्रमणकोे क्रममा उनले चिनिया रक्षामन्त्री, सेनाध्यक्ष लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । २९ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया