काठमाडौं– हाल भइरहेको विश्व कप फुटवल प्रतियोगितामा विभिन्न फुटवल टीमको हारजितमा विभिन्न व्यक्तिहरुसंग नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका१६ म्हैपी बालाजु बस्ने २२ वर्षीय प्रकट महर्जन, काठमाडौं महानगरपालिका २० रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र काठमाडौं महानगरपालिका १५ चागल बस्ने २५ वर्षीय सुजेन शाही रहेका छन् ।
उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका९१५ बज्रहोटल नजिकबाट नगद ६ लाख ९९ हजार रुपैयाँ र उनीहरुले प्रयोग गर्दै आएको मोवाईल ४ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया