काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टी डोपिङ कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुति राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मन्तव्य राखेका हुन् ।
खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औं एसिया–ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा आफ्नो मन्तव्य राख्दै मन्त्री अथकले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिए ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको र आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए ।

कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरुले सराहना समेत गरेका थिए । मार्च १४ देखि १५ सम्म जारी उक्त बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ ।
जस अनुसार खेललाई स्वच्छ बनाउन एन्टी डोपिङ संस्थाहरुलाई थप प्रभावकारी वनाउने कुरामा जोड दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया