बैंकिङ कसुर मुद्धामा फरार महिला पक्राउ

लोकपथ
1.8k
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्धाकी फरार प्रतिवादी पक्राउ परेकी छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ कसुर मुद्धाकी फरार प्रतिवादी राधा माताङगीलाई भक्तपुरको सुर्यविनायकबाट पक्राउ गरेको हो ।

सिआईबीका अनुसार ललितपुर महानगरपालिका वडा नं ६ घर भई हाल भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं ११ कमलविनायक बस्ने माताङगीले सानिमा बैंक लिमिटेड सुर्यविनायक शाखामा रहेको सानिमा नारी बचत खाताबाट रकम भुक्तान हुने भनि उक्त बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी बिसं २०७७ साउन २० गते चेक दिएकी थिइन ।

पछि उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दे उच्च अदालत पाटनबाट माताङगीलाई बैंकिङ कसुर तथा सँजाय ऐन, २०६४ बमोजिमको कसुरमा १९ लाख रुपैंयाँ जरिवाना र पाँच दिन कैद हुने ठहर भएको थियो ।

सो पश्चात फरार रहेकी माताङगीलाई सिआईबीको फैसला कार्यान्वयन तथा खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार भक्तपुरको सुर्यबिनायकबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी माताङगीलाई आज सोमबार नै फैसला कार्यान्वयनको लागि जलितपुर जिल्लाा अदालतमा पेस गरिएको सिआईबीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?