१. भीम रावलप्रति प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा कडा आक्रोश व्यक्त, आफ्नै दलका ओली प्रधानमन्त्री भएका बेला संसदमा पेस गर्दा चुप लागेर बसेको प्रति कटाक्ष
२. निर्वाचन आचारसंहिता छलफलकै क्रममा रहेको निर्वाचन आयोगद्वारा जानकारी, आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाइ ।
३. एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’को प्रस्टीकरण, तर भिलेन फेला परेकाले ऊसँग लड्दालड्दै विभाजित हुनुपरेको स्वीकारोक्ति ।
४. जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन नेता–कार्यकर्ताहरुलाई निर्देशन, पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड ।
५. निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनुपर्नेमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको जोड, नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख ।
६. ‘विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको ऊर्जामन्त्री पम्फा भुसालको भनाइ, सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य ।
७. कर्णाली प्रदेशका तीन नगरपालिका र ३३ गाउँपालिकामा अझै पुगेन बिजुली, दुई वर्षभित्र प्रदेशका सबै घरमा बिजुली पु¥याउने नेपाल विद्युत् प्राधिकरणको दाबी ।
८. पछिल्लो २४ घण्टामा देशभर गरिएको ५ हजार ४ सय १४ परीक्षणमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४८ जना संक्रमणमुक्त, मृतक संख्या शून्य ।
९. सरकारले ऐनविपरीत २३ सय वटा टुक्रे योजना ल्याएको नेकपा एमालेकी नेत्री अष्टलक्ष्मी शाक्यको आरोप, सरकारले स्वेच्छाचारी ढंगबाट काम गरेको प्रतिक्रिया ।
१०. कृषि बीमाका नाममा सरकारले ८ वर्षमा ४ अर्बभन्दा धेरै खर्च गरेको तथ्यांक, प्रतिफलको भने कुनै लेखाजोखा आएन ।
११. प्रविधिमा समस्या देखिएपछि दुई घण्टा पनि नचली रोकियो सेयर कारोबार, ब्रोकर कम्पनीहरुको डाटासेन्टरमा समस्या देखिएकाले कारोबार रोकिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीको भनाइ ।
१२. रुसलाई सहयोग गरे चीनलाई आर्थिक दण्ड दिने अमेरिकाको चेतावनी, रुसको पक्षमा रहे चीनले व्यापार प्रवाह र नयाँ प्रविधिको विकासमा मूल्य चुकाउनुपर्ने प्रतिक्रिया ।
१३. कोरोना संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको सेनझेन सहरमा लकडाउन घोषणा, सार्वजनिक सवारीसाधन पनि नचल्ने, २० मार्चसम्म घरभित्रै बस्न आग्रह ।
१४. सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गतको फुटबल खेलमा टुसाल युथ क्लब विजयी, खुमलटार युथ क्लब ३–० गोल अन्तरले पराजित ।
१५. र, हुन्डाइ ओपन गल्फ प्रतियोगिता शनिबार आयोजना हुँदै, गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा १ सय ३० गल्फरहरुले सहभागिता जनाउने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया