वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचन बहिस्कार गर्ने

लोकपथ
70
Shares

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा भाग नलिने भएको छ ।

फागुन २५ गतेदेखि २९ गतेसम्म सम्पन्न भएको पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचन बहिस्कारदेखि विभिन्न ७ निर्णय गरेको हो ।

त्यस्तै किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेको आरोप लगाएको छ ।

उक्त बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली बनेको आरोप लगाएको छ ।

बैठकको निर्णय सार्वजनिक गर्न सोमबार महासचिव किरणले जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट पार्टीको भण्डाफोर गर्ने भन्दै उल्लेख गरिएको छ, ‘कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?