पार्टी एकता गरिएपछि ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड

लोकपथ
1.1k
Shares

धनगढी । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।

धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए ।

‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’

एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए ।

‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुनथाल्यो । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?