एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ बचत खाता : ग्राहकलाई दिने फाइदामा पनि ‘नम्बर वान’

लोकपथ
1.1k
Shares

आफूसँग भएको रकम कुन बैंकमा बचत गर्ने ? कुन बैंकमा बचत गर्दा धेरै ब्याज देला ? तपाईँ पनि यस्तो सोचिरहनुभएको छ ? यदि छ भने बैंकले दिने ब्याजदर मात्रै होइन अन्य फाइदाहरू समेत हेर्नुपर्छ ।

बैंकहरूले सर्वसाधारणहरूलाई ब्याजदरसँगै आकर्षक फाइदाहरू पनि दिने गरेका छन् । कुन बैंकमा निक्षेप राख्दा धेरै फाइदा हुन्छ भन्ने नुबुझी निक्षेप राख्ने हो भने पछि पछुताउनुपर्ने हुनसक्छ । बैंकहरूले दिने ब्याजर मात्रै होइन ब्याजसँगै अन्य फाइदाहरू के–के छन् भन्ने पनि तपाईँले हेर्नुपर्छ ।

बैंकले दिने फाइदाहरू के–के छन् नहेरीकन जुनसुकै बैंकमा राख्दा धेरै सर्वसाधराणहरू पछुताएका छन् । काठमाडौं नयाँ बानेश्वरकी रेबिका गुरागाई निक्षेप राख्न फाइदा राम्रो दिने बैंक नै रोज्नुपर्ने सुनाउँछिन् ।

‘सानो होस् या ठूलो रकम निक्षेप राख्नुपर्दा हचुवाका भरमा होइन बुझेर मात्रै राख्नुपर्ने हुन्छ’ आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन्, ‘कुन बैंकले कति फाइदा दिन्छन् भन्ने कुरा नबुझी रकम जम्मा गर्दा म आफैँ पछुताएकी छु ।’

आफूले पहिले एउटा बैंकमा निक्षेप जम्मा गरेको तर त्यो बैंकले ब्याजबाहेक केही नदिएको उनले सुनाइन् । पछि सञ्चारमाध्यमहरूबाट जानकारी पाएपछि उनले आफ्नो निक्षेप त्यो बैंकबाट निकालेर अर्को बैंकमा राखेको उनको अनुभव छ ।

रेबिकाले भनेजस्तै निक्षेप खातामा पाइने फाइदाबारे जानकारी लिएर निक्षेप राख्नेहरूले राम्रो फाइदा लिएका छन् । यसको एक उदाहरण हो– एनआईसी एसिया बैंक ।

आव २०७८–७९ को दोस्रो त्रैमाससम्ममा कर्जा, निक्षेप, प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल, शाखा, एटीएमजस्ता सूचकांकहरूमा मुलुकका अन्य बैंकहरूभन्दा नम्बर एक स्थान हासिल गर्न सफल एनआईसी एसिया बैंकले समय समयमा ग्राहकहरूका लागि आकर्षक निक्षेप योजना ल्याउने गरेको छ ।

सर्वसाधारणमाझ आकर्षणको केन्द्र

बैंकले केही समयअघि २४ अतुलनीय फाइदासहितको सर्वश्रेष्ठ बचत खाता ल्याएको थियो । यो योजना सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने बताउँछन् । यो योजनामा सर्वसधारणहरूको एकदमै उत्साहजनक सहभागी रहेको भन्दै बैंकका तर्फबाट उनले सबैलाई धन्यवाद दिएका छन् ।

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एसिया बैंकले गत १ कात्तिकदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको उक्त योजनामा एकदमै राम्रो सहभागिता देखिएको न्यौपानेले बताए ।

‘आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्मरूपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोहीअनुरूप निरन्तर रूपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेको छ’, उनले भने ।

सर्वसाधारणको उत्साहले बैंकले नयाँ अफर ल्याउन थप बल पुगेको छ । अब सर्वश्रेष्ठ बचत खाताहरूमा पहिलेको भन्दा पनि धेरै फाइदाहरू पाइनेछन् । जसअनुसार फाइदाहरूलाई व्यापकरूपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा फाइदालाई ५ वर्ष अवधिको लागि प्रदान गरिएको छ । यसैगरी बचत खातामै ८४ लाख रूपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाइदा बैंकले प्रदान गर्नेछ ।

यसैगरी सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा पाउनेछ । यसअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा फाइदा समेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ ।

यी हुन् १८ फाइदा :

पुराना ग्राहकलाई पनि फाइदा

बैंकको यो याजना नयाँ ग्राहकहरूले त पाउने नै छ । नयाँ होइन पुराना अर्थात् यसअघि नै बैंकखाता खोलिसकेका ग्राहकहरूले पनि यो फाइदा पाउनेछन् । सबै थप फाइदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्कविना स्वतः पाउने बैंकले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?