तिर्थयात्राको लागि मानसरोबर गएका १६ सय भारतीय अलपत्र !

धार्मिक ऐतिहासिक महत्व बोकेको तिर्थस्थल कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय जना भारतीय तीर्थयात्री अलपत्र परेका छन् ।

केहि दिनदेखि परिरहेको वर्षाका कारण सडक अवरुद्ध हुँदा १६ सय जना भारतीय तीर्थयात्री अलपत्र परेका हुन् ।

उनीहरुमध्ये करिव ५०० जना तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा अलपत्र परेका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ती जारी गरी ५२५ तीर्थयात्री सिमिकोट र ५५० हिल्सामा रोकिएकाको भन्दै अलपत्र परेका तिर्थयात्रीका लागि  खानेकुरा र अन्य बनदोबस्तीका सामाग्रीसहित आफ्ना प्रतिनिधिहरु त्यसतर्फ लागेको जनाएको छ ।

 अलपत्र परेका उनीहरुलाई सुर्खेत, जुम्ला, मुगु हुँदै वा सेनाको हेलिकोप्टरबाट उद्दार गर्ने प्रयास भइरहेको छ ।

हिल्सामा रहेका तीर्थयात्रीहरुका लागि उपलब्ध भएसम्म खाना र आवासको व्यवस्था गर्न हिल्सा  चेकपोष्टस्थित प्रहरीलाई आग्रह गरिएको दूतावासले जनाएको छ ।

उनीहरुलाई सकेसम्म तिब्बततर्फ नै सुरक्षित रुपमा लैजान टूर अपरेटरलाई आग्रह गरिएको छ ।

हिल्लामा बस्ने ठाउँ र अत्यावश्यक औषधि पनि पर्याप्त नभएको बताईएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?