‘नागरिकले सहज रुपमा न्याय पाउन नसकेपछि महाअभियोग लगाउनुपर्‍यो’

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनु परेको बताएका छन्।

नेता सिंहले जसले न्यायालयको नेतृत्व गरेको छ उसको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधानसंवत सुधारको प्रयास थालएको बताए ।

सोमबार काठमाडौंको मिनभवनमा आयोजित नेपाली कांग्रेसको एकमहिने ‘घर(घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

सो अवसरमा बोल्दै नेता सिंहले कांग्रेस कार्यकर्ताले जनताको घरघरमा पुगेर महाअभियोगका विषयमा फैलाएका अनावश्यक भ्रम बुझाउन र कांग्रेसलाई नागरिकले के कस्ता सुझाव छन् बुझेर पार्टीमा जानकारी गराउन समेत आग्रह गरे ।

त्यस्तै वर्तमान गठबन्धन निर्माण कांग्रेसको रहर नभइ परिस्थिति जन्य बाध्यता भएको भन्दै तत्कालीन सरकाले गरेको असंवैधानिक कामलाई रोक्न र संविधानलाई ट्रयाकमा ल्याउन गठबन्धन बनेको समेत बताएका छन् ।

त्यस्तै सरकार निर्माणका लागि गठबन्धन बनेको भन्दै चुनावसम्मै गठबन्धन गरेर जानुपर्छ भन्ने विषय उठे पनि पार्टीभित्र यस विषयमा फरक फरक मत रहेको भन्दै पार्टी एकमहिने कार्यक्रम लिएर गएको र जनताबाट फर्किएपछि पाएको सुझाव अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?