बंगलादेशका सुरक्षा सल्लाहकारले गरे मोदीको प्रशंसा

लोकपथ
49
Shares

नयाँ दिल्ली । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाका सुरक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन्।

भेटका क्रममा भारत-बंगलादेशको मित्रतालाई सुदृढ पार्न र बंगलादेशसँग दृढताका साथ उभिएकोमा मोदीको प्रशंसा गर्नुका साथै धन्यवाद दिएका छन्।

प्रधानमन्त्री मोदीले मार्च २०२१ मा बंगलादेशको आफ्नो भ्रमणलाई स्नेहपूर्वक स्मरण गरे र प्रधानमन्त्री शेख हसिनालाई आफ्नो शुभकामना व्यक्त गरे। यसबाहेक, प्रधानमन्त्री मोदीले बंगलादेशको चौतर्फी विकास सुनिश्चित गर्नमा बंगलादेशी प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गरेका छन्। भारत-बंगलादेश सम्बन्धलाई अझ बलियो बनाउन उनीसँग काम गर्ने प्रतिबद्धतासमेत प्रधानमन्त्री मोदीले व्यक्त गरे।

भारत र बंगलादेशबीच शुक्रबार नयाँ दिल्लीमा पारस्परिक हितका विविध विषयमा वाणिज्य सचिवस्तरीय वार्ता भएको वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव श्री बीभीआर सुब्रह्मण्यमले गरेका थिए भने भ्रमणमा रहेका बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य मन्त्रालयका वरिष्ठ सचिव तपन कान्ति घोषले गरेका थिए।

दुवै पक्षले रेलवे पूर्वाधारको विकास, बन्दरगाह पूर्वाधार, व्यापक आर्थिक साझेदारी सम्झौतासम्बन्धी संयुक्त अध्ययन, सीमा हाट, बहु-मोडल यातायात मार्फत क्षेत्रीय जडान, मापदण्डको सामंजस्य र आपसी मान्यता सम्झौता लगायतका विभिन्न विषयमा विस्तृत छलफल गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

दुवै प्रतिनिधिमण्डलले हालैका वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धको प्रगति र रेलवे पूर्वाधारको विकासमा जोड दिँदै दुई देशबीचको वाणिज्य अभिवृद्धि गर्नका लागि लजिस्टिक सुविधाका बारेमा पनि छलफल गरेका थिए।

उल्लेखनीय छ, बंगलादेश भारतको छैटौं ठूलो व्यापार साझेदार हो। यसअघि बुधबार भारत र बंगलादेशका संयुक्तरअतिरिक्त सचिवस्तरीय व्यापारसम्बन्धी संयुक्त कार्यदलको १४औँ बैठकमा पारस्परिक हितका विषयमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?