संगठन पुनःसंरचना कार्यान्वयन गर्न सशस्त्रद्वारा परिपत्र

काठमाडौं -सशस्त्र प्रहरी बल प्रधान कार्यालयले संगठन पुनःसंरचना कार्यान्वयनका लागि आवश्यक तयारी गर्न मातहत निकायलाई परिपत्र जारी गरेको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० सुरजकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ७४ पृष्ठ लामो परिपत्रमा संघीय संरचनाअन्तर्गत बाहिनी, तालिम शिक्षालय, गण, गुल्म र आश्रित गुल्महरूको नामावली तथा इकाइहरू रहने जिल्लाका साथै संगठन व्यवस्थापन तथा सर्वेक्षणअनुसारको इकाइगत दरबन्दी विवरणसहितको विस्तृत कार्ययोजना उल्लेख गरिएको छ । साथै सो कार्ययोजना विस्तृत रूपमा अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइएको छ, राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?