पीएसजीलाई १५ अंकको अग्रता

लोकपथ
112
Shares

काठमाडौं । बोर्डेअक्सविरुद्ध ३-० अन्तरको सहज जितसँगै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, नेयमार र लिअन्द्रो पराडेजले १-१ गोल गरे ।

खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा नेयमारले गोल गरे भने ६१ औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए ।

पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ । दोस्रो स्थानको मार्सेइलीको समान खेलबाट ५० अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?