नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नेबारे पार्टीको केन्द्रीय समितिले निर्णय लिने बताएका छन् ।
निर्वाचन लक्षित पार्टीको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ को आज काभ्रेपलाञ्चोकको बनेपामा शुभारम्भ गर्दै उनले स्थानीय नेता कार्यकर्तालाई गठबन्धनबारे चिन्ता नगर्न आग्रह गरेका हुन् । “गठबन्धनबारे तपाईँहरू चिन्ता नगर्नुस् यसको चिन्ता पार्टीले लिन्छ, तपाईँहरू बढीभन्दा बढी मतदातालाई नेपाली कांग्रेससँग जोड्ने मात्रै सोच्नुस्”, पूर्वमन्त्रीसमेत रहनुभएका महतले भने । उनले पार्टी ‘एक्लै जिन्छ भने एक्लै लड्ने, हैन भने गठबन्धन हुने बताए । उनले भने, “गठबन्धनको निक्र्योल जिल्ला जिल्लाबाट आएको सुझावसमेतका आधारमा केन्द्रीय समितिले लिन्छ, यसबारे निर्णय नहुन्जेलसम्म बहस चलाउनुपर्ने आवश्यकता छैन, त्यतिबेलासम्म धैर्यता गर्नुहोस् ।”
प्रवक्ता महतले हरेका स्थानीय तहको स्थिति फरकफरक रहेकाले सोही विश्लेषणका आधारमा गठबन्धन हुने दोहो¥याए । उनले पार्टीको निर्माण आमनिर्वाचन जित्नका हुने भएकाले पार्टीलाई क्लबका रूपमा रुपान्तरण गर्ने चाहना कसैको नहुने बताए ।
उनले नेपाली कांग्रेस र अन्य पार्टी धेरै अध्ययनपछि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बारे सहमतिमा पुगेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया