आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
175
Shares

१. स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक रहेको उल्लेख

२. एमालेले निष्काशन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतको आदेश, फैसलाको मिति भने अझै तोकिएन

३. पार्टीबाट एमसीसी फेल भए अध्यक्ष पदबाट राजीनामा दिने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घोषणा, एमालेले अझै संसद् विघटन गराउन चाहेको आरोप

४. नेपाली कांग्रेसको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु, जनताले सिधै कांग्रेसलाई निर्वाचनमा जिताएर सत्ता सुम्पिनुपर्ने कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाइ

५. एमसीसी संसदबाट पारित भएपछिको काम जनतालाई जानकारी दिनुपर्नेमा नेकपा एमालेका नेता भीम रावलको जोड, भारतले दार्चुलामा डोजर चलाउँदा नेपाल सरकार मौन बसेको आरोप

६. आगामी निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय नभएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा प्रस्ट, अहिलेको गठबन्धन सरकार विशेष परिस्थितिमा बनेकाले चैत दोस्रो साताभित्र निर्वाचनमा गठबन्धन हुने/नहुनेबारे निर्णय हुने प्रतिक्रिया

७. जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत, पार्टीको आन्तरिक संगठनात्मक कुराहरूको बारेमा छलफल

८. अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, पछिल्लो समय वैधानिकभन्दा अवैध बाटोबाट वस्तु आयात हुनेगरेकोमा असन्तुष्टि व्यक्त

९. आज बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिको प्रतिवेदन पेस, चैत २ गते बस्ने अर्को बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने

१०. मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, हत्यामा संलग्न २५ र २८ वर्षीय २ जना युवक पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै

११. देशभर पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ९ सय ४७ परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण फुष्टि, १ सय ९२ जना कोरोना संक्रमणमुत्त, मृतकसंख्या शून्य

१२. साउदी अरेबियामा एकैदिन ८१ जनालाई मृत्युदण्ड, मृत्युदण्ड दिइएको यो संख्या सन् २०२१ मा दिइएको कुल संख्याझन्दा बढी

१३. रुस र युक्रेनबीचको लडाइँमा १३ सय युत्रेनी सेना मारिएका युक्रेनी राष्ट्रपतिको भनाइ, ६ सय रुसी फौजले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको दाबी

१४. आयोजक बुढानीलकण्ठ उमा कुङ्फु शाखाले चुम्यो बुढानीलकण्ठ नगरस्तरीय उमा कुङ्फु प्रतियोगिताको उपाधि, सान्डातर्फ पुरुषमा सुरेन्द्र थापा मगर र महिलातर्फ सोनाम डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित ।

१५. र, १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले गरे ह्याट्रिक, आफ्नो खेल करियरमा ८ सय ६ गोल गर्दै रोनाल्डो बने फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?