११ हजार नाघ्यो बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या

लोकपथ
91
Shares

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या ११ हजार नाघेको छ । चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६६ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सहितका एक सय २८ वटा बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ११ हजार दुई सय ५५ वटा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा यस्तो संख्या १० हजार छ सय ८३ रहेको थियो भने २०७७ असार मसान्तमा नौ हजार सात सय ६५ रहेको थियो । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुको कुल शाखा संख्या भने चार हजार आठ सय ६७ पुगेको छ ।

यसैगरी विकास बैंक, फाइनान्स र लघुविक्त वित्तीय संस्थाहरुको कुल शाखा संख्या त्रमशः एक हजार ७२, दुई सय ५१ र पाँच हजार ६५ पुगेको छ ।

यस अवधिमा कुल दुई सय ३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसबाट एक सय ७७ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुल सात सय ५३ स्थानीय तहमध्ये २०७८ माघसम्म सात सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७७ माघसम्म सात सय ४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?