फेरि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

लोकपथ
208
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) पुनः १० अर्ब रुपैयाँको ट्रेजरी बील जारी गर्ने भएको छ । भोलि अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चैत्र एक गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् ।

यसरी बिक्री हुने कुल ट्रेजरी ९१ दिने पाँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ जेठ ३१ गते र बिसं २०७९ चैत्र ३० गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?