१८ चैत्र २०७९, शनिवार

घुमघाममै मस्त मन्त्री : अढाई महिनामै सकियो ४५ लाख

२०७४,आश्विन,२७,शुक्रवार ०१:५१

0
Shares

 काठमाडौं, २७ असोज – शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका मन्त्रीहरू घुमघाममै मस्त हुन थालेका छन्। पार्टीगत तथा व्यक्तिगत काममा विभिन्न जिल्ला घुम्दा मन्त्रीहरूले अढाई महिनामै सरकारी ढुकुटीको ४५ लाखभन्दा बढी रकम सकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका अनुसार साउन र भदौमा मात्रै मन्त्रीको भ्रमणमा ३७ लाख ३९ हजार १ सय ३७ रुपैयाँ सकिएको छ भने १५ असोजसम्म ८ लाखभन्दा बढीको बिल कार्यालयमा प्राप्त भएको छ, अन्नपूर्णले खबर छापेको छ ।१५ दिनको अवधिमा विभिन्न मन्त्रीले ८ लाखभन्दा बढीको बिल बुझाएको कार्यालयले जनाएको छ। ‘धेरै मन्त्री भएकाले भ्रमण बिल अचाक्ली आउन थालेको छ, दैनिकजसो लाखौं रुपैयाँ माग गर्दै ४-५ जना मन्त्रीको बिल आइरहेको छ’, मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिकृष्ण पन्थीले भने, ‘धेरै मन्त्री भएकाले भ्रमणमा धेरै खर्च हुनु स्वाभाविक हो तर यसलाई मितव्ययी बनाउन सके राम्रो हुन्छ।’अढाई महिनामा सबैभन्दा बढी जिल्ला भ्रमण गर्नेमा उपप्रधानमन्त्री तथा संघीय मामिला एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार छन्।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०१:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८